Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति निलम्बित

हेटौंडा : बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ। 

बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले प्रतिष्ठानका उपकुलपति जोशीमाथि छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बित भएका हुन्। 

छानबिन समिति गठन गरेसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति स्वतः निलम्बित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भुसालले जानकारी थिए। सचिव भुसालले मंगलबार उपकुलपति जोशीलाई सम्बोधन गरेर निलम्बन पत्र दिएको बताए। 

पदीय जिम्मेवारी पूरा नगरेको लगायत आरोप लगाई प्रतिष्ठान सभाका एकचौथाइ सदस्यले लिखित निवेदन दिएपछि कुलपति पाण्डेले जोशीबारे छानबिन गर्न समिति गठन गरेका हुन्। 

जोशीले भने निलम्बनको खबर सञ्चारमाध्यमबाट मात्रै पाएको र पत्र बुझेपछि के गर्ने भन्ने योजना बनाउने बताए। गत फागुन अन्तिम साता मुख्यमन्त्री पाण्डेले पत्र नै काटेर आफूलाई पदबाट हट्न आग्रह गरेको भन्दै उनले बिचमै छाड्न  उचित नलागेर काम गरिरहेको बताए। 

जोशीलाई २०७७ साल साउन १६ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ४ वर्षे कार्यकालका लागि नियुक्त गरेका थिए। यसअघि सरकारबाट निलम्बन वा बर्खास्तगीमा परेका प्रदेश युवा परिषद्, दुग्ध विकास बोर्ड लगायतका पदाधिकारी उच्च अदालत पाटन हेटौंडा इजलाशको आदेशमा पुनर्बहाली भएका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP