Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतमा संक्रमण बढेसँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढ्यो

काठमाडौं : कोभिड-१९ को महामारी शिथिल हुँदै जाँदा सुस्ताएको कोरोनाविरुद्धको खोप प्रति पुनः आकर्षण बढ्दै गएको छ। केही समय अघिदेखि कम हुँदै गएको खोप लगाउनेको संख्या छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि वृद्धि हुन थालेको छ। 

एक साता पहिले कोरोना विरुद्धको खोप लगाउनेको दैनिक संख्या करिब ५० हजार थिए। त्यो संख्या वृद्धि भएर शुक्रबारसम्ममा दुई लाख नाघेको छ। कोभिड १९ को दैनिक संक्रमण संख्या कम हुँदै जाँदा खोप लगाउन आउनेको संख्या न्युन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोज र खोप अभियान नै सञ्चालन गर्नु परेको थियो। तर, केहीदिन अघिदेखि खोप लगाउनेको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ। 

स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक दिनको अवधिमा दुइ लाख ९ हजार ५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अघिल्लो दिन बिहीबार देशभरका खोप केन्द्रहरूबाट एक लाख २ हजार ५४३ जनाले खोप लगाएका थिए। बुधबार एक लाख २३ हजार ५९०, मंगलबार ८६ हजार १३६, वैशाख १२ गते सोमबार एक लाख २३ हजार २१० , आइतबार ४८ हजार ९४ जना र गत शनिबार ४८ हजार ७८० जनाले खोप लगाएका थिए।  

नेपालले खरिद तथा अनुदानबाट हालसम्म प्राप्त ५ करोड ३३ लाख ८१ हजार ५७० डोजमध्ये ४ करोड १७ लाख ६८ हजार ४११ मात्रा लगाइसकिएको मन्त्रालयले जनाएको छ। 

शुक्रबारसम्ममा देशभरका कुल जनसंख्याको ६७.१ प्रतिशत अर्थात १ करोड ९५ लाख ७४ हजार ८९४ जनाले पूर्ण मात्रा वा दुई मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन्। कुल जनसंख्याको ७६.२ प्रतिशत अर्थात् २ करोड २२ लाख ५४ हजार २६४ जनाले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन्। 

मुलुकभरका जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनालाई आधार मान्दा ९६ लाख १७ हजार ५८६ जनाले पूर्ण मात्राको खोप लगाउन बाँकी देखिन्छ भने ६९ लाख ३८ हजार २१२ जनाले एक मात्रा खोप लगाउनै बाँकी रहेको मन्त्रालयको तथ्यांक छ। 

यस्तै, १२ वर्षमाथिका लक्षित जनसंख्या २ करोड ३३ लाख २७ हजार ६१९ जनामध्ये ८३.९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् भने ९५.४ प्रतिशतले कम्तीमा एक मात्राको खोप लगाएका छन्। 

मन्त्रालयको विवरणअनुसार शुक्रबारसम्ममा ३२ लाख ८३ हजार ७६४ जनाले अतिरिक्त मात्रा अर्थात् बुष्टर डोज खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेकाहरूले नजिकैको खोप केन्द्रमा गएर बुष्टर डोज खोप लगाउन पटक पटक आग्रह गर्दै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP