Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गोरखा जीप दुर्घटना : ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो

गाेरखा – गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा हिजाे साेमवार बेलुकी भएकाे जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेहरूमा बारपाक सुलिकोट गाउँपालिका ५ का ५० वर्षीय देवीप्रसाद पोखरेल, कावासोती नगरपालिका १४ का ८० वर्षीय उत्तरकुमार सिग्देल र काठमाण्डौ महानगरपालिका १६ बनस्थली बस्ने ४५ वर्षीय पदम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयाे । 

चितवनबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्बरको जीप गाेरखाबाट चितवन फर्कने क्रममा हिजाे बेलुकी सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरे भिरबाट तल खसेको थियो । तीन जना यात्रु चढिसकेपछि अन्य दुई जनालाई चढाउनका लागि सहयोग गर्न जीप चालक सिट बाहिर ओर्लिएका बेला ओरालोमा रोकिराखेको जीप पछाडि सर्दै सडकबाट तल खसेको डीएसपी लामिछानेले बताउनुभयो ।

जीप चालक भरतपुर महानगरपालिका १८ धर्मपुरका घनश्याम लामिछानेलाई प्रहरीले पक्राउ गरेकाे छ । मृतकको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP