Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चुनावको असर पढाइमा : मतपत्र छपाइले अझै ४५ लाख पुस्तक छाप्न बाँकी

काठमाडौं : देशभरका सामुदायिक विद्यालयहरूमा यो वर्षको नयाँ शैक्षिक सत्रमा नयाँ पाठ्यपुस्तक नपुग्ने निश्चित भएको छ। स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइका कारण समयमा छपाइ हुन नसकेको हो। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी जेठ १ गतेबाट पठनपाठन थाल्ने निर्णय गरिसकेको छ तर सबै नयाँ पाठ्यपुस्तक छाप्न जेठ १५ सम्म समय लाग्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ। 

सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले १ करोड ४५ लाख थान पुस्तक छापिसकेको र अझै ४५ लाख थान छाप्न बाँकी रहेको बताए। यता नयाँ शैक्षिक सत्र सुरु हुन भने अब ११ दिन मात्रै बाँकी छ।

मतपत्र छपाइले गर्दा पुस्तक छाप्न समस्या भएको उनको भनाइ छ। ‘मतपत्र छाप्नुपर्ने भएकाले पुस्तक छाप्न ढिलाइ भयो, कागज पनि सकिएर समस्या भयो,’ उनले भने। उनका अनुसार निर्वाचन आयोगले मतपत्र छाप्ने जिम्मा जनक शिक्षालाई नदिएका वेला दैनिक एक लाख किताब छाप्ने क्षमताअनुसार पुस्तक छापिएको थियो।

तर आयोगले जब गत चैत ११ गते जनक शिक्षालाई नै मतपत्र छपाइको जिम्मा दिने निर्णय गर्‍याे। त्यसपछि नै जनक शिक्षालाई पहिला मतपत्र छाप्ने कि नयाँ पाठ्यपुस्तक छाप्ने भन्नेमा चटारो थियो। यही वैशाख ३० गते एकै चरणमा सबै स्थानीय तहको निर्वाचन हुँदै छ।

यो वर्ष पनि स्कुलमा नपुग्ने भए पुस्तक 

अघिल्लो वर्षहरूमा झैँ यो वर्ष पनि समयमा सम्बन्धित ठाउँमा नयाँ पाठ्यपुस्तक नपुग्ने भएको छ। शैक्षिक सत्र सकिन लाग्दा पनि हुम्ला, जुम्ला, मुगु लगायत विकट जिल्लाहरूमा नयाँ पुस्तक विद्यार्थीहरुको हातमा नपुगेको उनीहरूबाटै गुनासो आएको थियो।

जनक शिक्षाका सूचना अधिकारी आचार्यले बाँकी पुस्तक छाप्न वैशाखसम्म भारतबाट ६ सय टन कागज ल्याउन लागिएको जानकारी दिए। ‘अब सबै पुस्तक छापिसक्न जेठ १५ सम्म समय लाग्छ, समयमा सबै विद्यालयमा भने पुस्तक नपुग्ने भयो, सक्दो पहल भने गर्नेछौँ,’उनले भने। 

छापिसकेको पाठ्यपुस्तक जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत ९ ठाउँमा प्रादेशिक कार्यालयमा पठाइ वितरण गरिरहेको उनको भनाइ छ। 
उनका अनुसार कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगीन पाठ्यपुस्तक छापिएको छ भने कक्षा १० देखि १२ सम्मको कालो र सेतो (ब्ल्याक एण्ड ह्वाइट) पुस्तक छापिँदै आएको छ।

पुस्तक छपाइबारे सरकारलाई नै छैन जानकारी 

पुस्तक छपाइ सकियो कि अझै बाँकी छ? भन्ने जानकारी शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रलाई नै थाहा छैन्। केन्द्रका महानिर्देशक अनाप्रसाद न्यौपानेले के समस्याले छपाइ ढिलो भयो भन्ने जानकारी दिन सकेनन्। उनले थाहाखबरसँग यति मात्रै भने, ‘के–के भएको हो, म फलोअप गर्छु।’

शिक्षामन्त्री देवेन्द्र पौडेलले गत पुस महिनामा नै जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरी समयमै पाठ्यपुस्तक छपाइ सक्न निर्देशन दिएका थिए। त्यसवेला उनले भनेका थिए, ‘पुस्तक छपाइमा ढिलाइ गर्न कुनै पनि छुट छैन, समयमै काम सक्नुपर्छ।’ त्यतिखेर मन्त्रीले निर्देशन त दिए तर त्यसपछि शिक्षामन्त्रीले पनि पुस्तक छपाइप्रति चासो दिएका छैनन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP