Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

काठमाडाैं : गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन पनि सार्वजनिक गरेका छन्।

काठमाडाैं : गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन पनि सार्वजनिक गरेका छन्।

यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ। क्रिएटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वर छ।

गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन्। जहाँ, आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन्। बिरामीका कारण सबै कुरा बिर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा यो गीतको भिडियो तयार पारिएको छ।​

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाइँकाे छायांकन र सम्पादन छ। हरिको क्रिएटिभ हेट्सले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो नै उपहार दिएको हो।

कार्यक्रममा भिडियो हेरेर नायिका आँचल शर्मा रोएकी थिइन्। मदनकृष्णले पनि आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधै नै विशेष रहने बताए।

गायक तथा संगीतकार पुष्पन प्रधानले यो गीत सय करोड दर्शक पाउने आफ्नो जीवनको पहिलो गीत भएको बताउँदै यसले मदनकृष्णको स्वर पाउनु थप उपलब्धिको रुपमा व्याख्या गरेका छन्।

एक वर्ष अघि सार्वजनिक भएको यो गीत उस बेला पनि खुबै रुचाइएको थियो। मदनकृष्णले यसअघि अरु कसैको स्वरमा हिट भइसकेको फूलबुट्टे सारी पनि आफ्नो स्वरमा रेकर्ड गराएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP