Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको आम सभास्थल जलमग्न

काठमाण्डाै – गएरातिदेखिको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबेको छ । रातभर परेको पानीले मञ्च जलमग्न भएको छ।

आम सभास्थलमा सजाइएका झन्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् । सत्तारुढ पाँच दलले चितवनको भरतपुर महानगरपालिकामा आज संयुक्त चुनावी सभा गर्दैछन् । तर सभास्थल जलमग्न भएपछि अन्याेल भएको छ ।

आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । त्यसका लागि शीर्ष नेताहरु हिजो नै चितवन पुगिसकेका छन् । भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले सम्बोधन गर्ने छन् ।

भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार हुनुहुन्छ ।  कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि रेनु दाहालको चुनावी यात्रा जटिल बनेको छ ।

दाहालको पक्षमा मत जुटाउन गठबन्धनका शीर्ष नेताहरु नै दौडधुपमा छन् । भरतपुरमा नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP