Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मतदानको दिन ३० गते अनुमति लिएका गाडी मात्रै चल्न पाउने

काठमाण्डाै – पालिका चुनावको मुख्य दिन आउँदो ३० गते अनुमति प्राप्त बाहेकका गाडी नचल्ने भएका छन् । प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मतदानको दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ लागू गरेको छ । उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले मतदानको दिन गाडी चलाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा गाडी नम्बर, प्रयोगकर्ताको नामसहित पासका लागि २८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ ।

हवाई उडानको यात्रामा पासपोर्ट, भिसा र टिकटका आधारमा विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवागमनको सहजीकरण काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले मिलाउने उल्लेख छ । मतदानको दिन अशक्त व्यक्तिको लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको गाडीको प्रयोग गर्न सकिनेछ ।

एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दुरसञ्चार, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ । पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र दिने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP