Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भोजपुरमा आगलागीमा परेर साढे दुई वर्षीया बालिकाको ज्यान गयो, आमा बुबा घाइते

भाेजपुर – भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया बिहीबारे बजारमा भएको आगलागीमा परेर साढे २ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाका आमा बुबा घाइते भएका छन् ।

आगलागीमा स्थानीय खेममणि तामाङकी साढे २ वर्षीया छोरी रेश्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राई जानकारी दिनुभयो । उहाँका अनुसार खेममणि तामाङ र उहाँकी श्रीमती मिना तामाङलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको  छ ।

यस्तै, आगलागीबाट चार घर जलेर नष्ट भएको छ । खेममणि तामाङको पसलबाट सुरु भएको आगोले उहाँको घरसहित पसल, डम्बर तामाङको २ वटा घर तथा त्यस घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको  घर तथा होटल र त्यही घरमा रहेको सूर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP