Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हत्या गरी भाग्ने व्यक्तिलाई सप्तरी प्रहरीले समात्यो

काठमाडौं : ज्यान सम्बन्धी कसुरमा फरार रहेका सप्तरीका मोहम्मद नाजिर मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुपनी गाउँपालिका १ स्थित रुपनीचौकका मियाँलाई जिल्ला प्रहरी कार्यलय सप्तरीको टोलीले बोदेबरसाईन नगरपालिकाबाट पक्राउ गरेको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए। 

२०७८ साल असोज ९ गते सप्तरीको शम्भु नाथ नगरपालिका १ स्थित खाडो खोला नजिकैको सार्वजनिक पोखरीमा  विष्णुपुर गाउँपालिका ५ कट्टीका ५० वर्षीय रामसुन्दर महतोको शव फेला परेको थियो। 

प्रहरीको अनुसन्धानबाट मियाले रामसुन्दरलाई असोज ८ गते भोज भतेरमा खाना बनाउने बाहानामा बोलाएर हत्या गरी पोखरीमा फालेको खुलेको थियो । सोही दिनबाट फरार रहेका मियाँलाई प्रहरीले बिहीबार पक्राउ गरी जिल्ला अदालत सप्तरीबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको डिएसपी काफ्लेले बताए।  उनका अनुसार अभियुक्त मियाँ यसअघि पनि अपराधिक क्रियाकलापमा पटक पटक संलग्न भएको पाइएको छ। 

उनलाई सप्तरीको विष्णुपुर गाउँपालिका ७ मा मेड इन इन्डिया लेखिएको एक थान पेस्तोलसहित गोइत समूहका पर्चा पम्प्लेटसमेत फेला पारि २०७४ जेठ १३ गते राति प्रहरीले समातेको थियो । उक्त समयमा हातहतियार मुद्धामा संलग्न रहेकाले पुर्पक्षका लागि कारागार चलान भएका मिया करिब ९ महिनापछि मुक्त भएको प्रहरीले जनाएको छ। 

अभियुक्त मियाँ तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहमा आबद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिहरुलाई धम्काइ चन्दा असुली गर्ने, अवैध लागु औषध व्यापार गर्ने र लुकाइछिपाइ हतियार साथैमा बोकि हिंड्ने समुहका व्यक्ति रहेको सूचना अधिकारी एव्ं डिएसपी काफ्लेले जानकारी दिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP