Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

खाना पकाउने ग्यासको अभाव कायमै : व्यवसायीले लुकाएको निगमको आरोप

काठमाण्डाै – बजारमा खाना पकाउने ग्यासको अभाव कायमै छ । उपभोक्ताले ग्यास सहजै पाउन नसकेको गुनासो गरेका छन् । बजारमा सहजै ग्यास नपाइँदा एउटा मात्रै सिलिन्डर भएका र विद्यार्थी बढी समस्यामा परेका छन् । देशभर ५९ वटा ग्यास कम्पनी छन् । झन्डै डेढ करोड सिलिन्डर बजारमा उपलब्ध छ । अहिले गर्मीको सिजन ग्यास कम खपत हुने सिजन पनि हो । तर समस्या देखिएको छ ।

थोरै उत्पादन गर्ने ग्यास कम्पनीको ग्यास समस्या भएको र अरु ग्यासमा व्यवसायीले लुकाएको समेत अनुगमनका क्रममा पाइएको नेपाल आयल निगमले जनाएको छ । ग्यास सहज गराउनु आफूहरुको दायित्व भए पनि यसको दीर्घकालीन समस्या समाधानका लागि सरकारी तहबाटै भण्डारण गर्नुपर्नेमा अहिलेसम्म नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

नेपालमा एलपीजी ग्यास निजी क्षेत्रले भण्डारण गर्दै आएको तर सरकारले भण्डारणको व्यवस्था गर्न नसकेकाले पटक-पटक समस्या हुने गरेको उहाँको भनाइ छ । एक महिनाअघि ग्यास उद्योगीहरूले बाह्य तथा आन्तरिक ढुवानी भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा प्रणाली कायम गर्न माग गर्दै आन्दोलन गरेका थिए ।

जसका कारण चैत ६ देखि दुई हप्तासम्म ढुवानीमा अवरोध हुँदा बजारमा ग्यास अभाव देखिएको निगमको दाबी छ । अलिकति असहज हुने बित्तिक्कै ग्यास पाइँदैन की भन्ने आशङ्काले उपभोक्ताले अनावश्यक सञ्चिति गर्ने भएकाले पनि एउटा मात्रै ग्यास सिलिन्डर हुनेहरु मारमा पर्ने गरेको उहाँको भनाइ छ । केही उपभोक्ताले एकै पटक चार/पाँच वटासम्म सिलिन्डर भरेर राख्ने गरेका छन् ।

अहिले मुख्य समस्या काठमाण्डौ उपत्यकाभित्र देखिएको निगमको भनाइ छ । अबका केही दिनमा सहज हुँदै जाने पनि प्रवक्ता उपाध्यायले बताउनुभयो । ग्यास भएर पनि उपभोक्तालाई ग्यास नदिने व्यवसायीको अनुगमन गरेर कारबाही भइरहेको र अनुगमनकर्ता निकायसँग समन्वय गरी थप अनुगमन गरिने उहाँले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP