Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आज सीता जयन्ती, राष्ट्रपतिको शुभकामना

काठमाडौं : हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। 

प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ। 

माता सीताको आदर्शबाट प्रेरित वैदिक समाज र त्यस बखतको राज्य सञ्चालन प्रक्रियामा मातृ शक्तिको भूमिकाले हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचय दिन्छ।

युग व्यतीत भएपछि इतिहासका कतिपय पक्ष वर्तमानका परम्परा वा संस्कृतिमा रूपान्तरण हुन्छन्। वैदिक सभ्यताका धेरै मानक ग्रन्थमा सीता उत्पत्तिका कथा पाइएको हुनाले माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरका रूपमा रहिआएको छ। 

जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामलाई श्रद्धापूर्वक लिइने गरिएको छ। एक वीराङ्गनाका रूपमा समेत परिचित जनकनन्दिनी सीतासँग कैयन शूरवीरले समेत उचाल्न नसक्ने भीमकाय शिवधनुलाई आफू बालिका छँदै सजिलै उठाउन सक्ने असाधारण क्षमता रहेको जनविश्वास छ। 

भगवान विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएको विश्वास गरिन्छ। सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ।

अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावण लगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सीताको सम्झना गरिन्छ।

अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाई अयोध्या फर्काएकी थिइन्। दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्ती माता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप भएको कथा छ।

आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ। यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ। 

यसैबीच ता जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन्। 

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै राजर्षि जनककी छोरी एवं नेपाल भूमिकी गरिमामय पुत्री, राष्ट्रिय विभूति सीताको उत्पति दिवसका अवसरमा शुभकामना दिएकी हुन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP