दाङ : तुलसीपुर उपमहानगरपालिका वडा– १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ। एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो।
बघौसी निवासी ५३ वर्षीय चौधरीमा मिर्गौला, कलेजोको समस्या रहेको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए। यस अघिको कार्यकाल तुलसीपुर १७ को सडा सदस्य भएर समेत काम गरेका थिए।
चुनाब प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो। त्यही क्रममा उनको निधन भएको वलीले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया