Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

२७ सञ्चारमाध्यमलाई कारबाही, २५ पत्रकारको ध्यानाकर्षण

काठमाडौं : स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन प्रेस काउन्सिल नेपालले २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ। काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो। 

कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यममले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन्। यस्तै मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ पत्रकारलाई सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति ध्यानाकर्षण गरेको छ । 

काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले फोनमार्फत ध्यानाकर्षण गरेपछि २० जनाले तत्काल भूलसुधार गरी सामग्री हटाएको जानकारी दिए। पाँच पत्रकारले कुनै प्रतिक्रिया दिएका छैनन्।

मंगलबार राति १२ बजेदेखि हालसम्म १३ अनलाइन सञ्चार माध्यम, पाँच पत्रिका, चार टेलिभिजन र तीन रेडियोबाट सम्प्रेषित सामग्री निर्वाचन आचारसंहिता विपरीत देखिएपछि पत्र काटेर हटाउन, सच्याउन र रेडियो तथा टेलिभिजनको हकमा तत्काल रोक्न निर्देशन दिएको काउन्सिलले जनाएको छ।
 
यसैबिच मौन अवधिमा १० ओटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दुर सञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। दर्ता नभएका तथा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताविपरित सामग्री सम्प्रेषण गरेका वेब पोर्टललाई यस्तो कारबाही गरेको बोहराले जानकारी दिए।

निर्वाचन आचारसंहिता लागु भएको मितिबाट निरन्तर सञ्चार माध्यमका सामग्री र पत्रकारका पोष्टहरूमा अनुगमन गरिरहेको काउन्सिलले मौन अवधिमा २४ सै घण्टा निगरानी बढाएको छ। सूचना अधिकारी बोहराले निर्वाचनको अन्तिम ७२ घण्टा अति संवेदनशील हुने भन्दै सर्तक हुन र आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP