Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भोट हाल्न तीन दिन हिँड्छन् सिमकोस र बगरवासी

म्याग्दी : अहिलेको जमानामा पनि भोट हाल्न तीन दिन पैदल हिँड्नु पर्छ भन्ने समाचार तपाई‌ंलाई विश्वास नलाग्ला। पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्ने दुईवटा गाउँका १ सयभन्दा बढी मतदाता भोलि हुने स्थानीय तहको निर्वाचनमा पनि तीन दिन पैदल हिँडेर मतदान गर्दै छन्।

धवलागिरि गाउँपालिका-४ को सिमकोस र बगरगाउँका बासिन्दा मुदीको बुद्धिविकास मावि मतदान केन्द्रमा पुगेर मतदान गर्दै छन्।  गाउँबाट मतदान केन्द्रमा पुग्न डेढ दिन र फर्किन डेढ दिन लाग्छ।  

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो।

बगरका स्थानीय बासिन्दा धनबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताए। 

उनले तीन दिनका लागि घरको सबै काम छोडेर मतदानका लागि आज बिहान घरबाट हिँडेको बताए। 

उनले भने ‘आज गाउँबाट हिँडेर नाउरामा पुगेपछि  वास बस्छौँ, भोलि ११ बजेतिर मतदान केन्द्रमा पुग्छौं। मतदान गरी फर्केपछि एकरात बीच बाटोमै वास बसेर पर्सि दिउँसो बल्ल घरमा आइपुग्छौँ।’

धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र सिमकोस गाउँमा ५० घरधुरी छ। साविक मुदी गाविसको वडा नं ९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र मुदीको बुद्धिविकास मावि हो। त्यहाँ १०० भन्दा बढी मतदाता छन्। 

वि.सं २०७४ को स्थानीय तहको चुनावमा ५७ जनाले मतदान गरेका थिए। २०५४ को स्थानीय तहको चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए। घर कुर्नुपर्ने भएकाले सबै स्थानीयवासी मतदान केन्द्रमा आउन सक्दैनन्। 

ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ। पशुगोठमा बस्ने गोठाला पनि मतदानबाट वञ्चित हुने गरेका छन्। नाउराको अक्करे भीरको पैदलमार्ग छिचोलेर बगर पुग्नुपर्छ। मुदी गाउँसम्म मात्र सडक पुगेको छ। नाउराको भीरको पदमार्ग जिल्लाकै जोखिमयुक्त हो।

वि.सं २०६४ अघि बगरगाउँ पुग्ने घोडेटो बाटो पनि थिएन। धवलागिरि आधारभूत विद्यालयमा कक्षा ५ पढेपछि यहाँका बालबालिका माथिल्लो तहको अध्ययनका लागि घर छाडेर जानुपर्छ।

वि.सं २०७५ मा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको थियो। उक्त एकाइ नहुँदा बगरवासीलाई उपचारका लागि मुदी पुगेर फर्कन तीन दिन लाग्ने गरेको थियो। बगरमा छुट्टै मतदानस्थल बनाउनुपर्ने स्थानीय बासिन्दाको मागमा मतदाता संख्या थोरै भएकाले पूरा हुनसकेको छैन। 

एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP