Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै हुनुहुन्छ । उहाँ बिहान साढे १० बजे वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आउने तयारी छ ।  उहाँले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । दिउँसाे दुवै देशका प्रधानमन्त्रीले २५६६ औँ बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सुरक्षा स्रोतका अनुसार नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री मोदीको भ्रमण र सुरक्षा व्यवस्थापनका लागि भारतबाट ‘स्पेसल प्रोटेक्सन गार्ड’ (एसपीजी) एक हप्ता अघि नै आएका थिए ।

सुरक्षालाई ध्यान दिएर बुद्ध जयन्ती समारोहमा पाहुनाको प्रवेशलाई कडाइ गरिएको छ । सुरुमा तीन हजारलाई सहभागी गराउने भनिएकामा अहिले सङ्ख्या घटाइएको लुम्बिनी विकास कोषले जनाएको छ । समारोह भने पाँच हजार जना अट्ने अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रमा हुनेछ । सभाहललाई चिटिक्क बनाइएको छ ।

प्रधानमन्त्री मोदी आउने हेलिकप्टर सोमवार बिहान सभाहलको अगाडि निर्माण गरिएको हेलिप्याडमा उत्रिनेछ । यसअघि नेपाली प्राविधिकले हेलिप्याड निर्माण गरेका थिए । अवलोकनका लागि आएका भारतीय प्राविधिकले चित्त नबुझाएपछि पटक–पटक हेलिप्याड मर्मत गरिएको थियो ।

मायादेवी मन्दिरमा पूजा र भारतीय बिहार शिलान्यासपछि प्रधानमन्त्री मोदीले लुम्बिनी नजिकै रहेको पाँचतारे होटल पवन प्यालेसमा गएर विश्राम गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीलाई दिवा भोज आयोजना गर्ने र त्यही होटलमै दुवै प्रधानमन्त्रीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षरको कार्यक्रम छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP