Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हालसम्म १३० पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं : स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तर्गत हालसम्म १ सय ३० वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ। गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ र  उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने २ स्थानीय तह र गोरखाको चुम नुब्री गाउँपालिकाबाहेक अन्य सबै पालिकामा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

आज अपराह्न ३ः३० बजेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८, दलित महिला सदस्य २ हजार ६४७ गरी कूल १३ हजार ५८२ जना उम्मेदवार (निर्विरोध समेत) निर्वाचित भएका छन्।

कूल ७५३ पालिकामा गरी ३५ हजार २२१ पद रहेका छन्। मतगणनामा ढिलाइ भएको सम्बन्धमा पत्रकारहरूले सोधेको प्रश्नमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ६४ लहरसम्मको ठूलो मतपत्र हुनु, महानगरलगायत धेरै मतदाता रहेका स्थानमा जनशक्ति, सिसी क्यामरालगायतको व्यवस्थापनका कारणले ढिलाइ भएको र यसबारे आयोगले थप निर्णय गरी गणना छिटो सक्न आग्रह गरेको बताए। 

विभिन्न कारणले मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये आज धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका वडा नम्बर ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन, सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ३ को भगवती मावि, बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ को जगन्नाथ उच्च मावि, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ को आदारबगर मावि र बझाङकै सुर्मा गाउँपालिका वडा नम्बर ३ कृष्ण प्रावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान भएको छ।

स्थगन भएकामध्ये जेठ ३ गते काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं १० को विजय मावि मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको वडा नं ८ को पिस क्रिएटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नं ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुने तय भएको छ। 

जेठ ४ गते तनहुँको व्यास नगरपालिकाको वडा नं ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ। पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिनभित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP