Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बोलेरोले बसलाई ठक्कर दिँदा एकको मृत्यु

सर्लाही : सर्लाहीको बाँके जंगलमा पूर्व–पश्चिम राजमार्गमा माछा बोक्ने बलेरो पिकअपले यात्रुबसलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने आधा दर्जन यात्रु घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०१–०२५ च ५७४३ नम्बरको पिकअपले बुधबार दिउँसो विपरीत दिशाबाट आइरहेको ना. ५ ख ५५१५ नम्बरको यात्रुबसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। आफ्नै साइडमा गुडिरहेको बसलाई तीव्र गतिको पिकअपले ठक्कर दिएको र पिकअपबाट जोगिन खोज्दा यात्रुबस पल्टिएको हो।

बसले च्याप्पिएर सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको छ। बसका चालक विदुर निरौला सहित १२ जना घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनायो। घाइतेहरूको लालबन्दी मोडेल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ।

बससँग ठोक्किएको पिकअप भ्यान उछिट्टएर जंगलभित्रै पुगेको छ। प्रहरीका अनुसार पिकअपका चालक फरार छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP