Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सरकारी छाप कीर्ते गर्ने एकजना पक्राउ

काठमाडौं : सरकारी छाप तथा कर्मचारीको दस्तखत कीर्ते गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तनहुँको म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकाका मार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटी सेन्टरका सञ्चालक २७ वर्षीय रुद्र गदाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गदाललाई बिहीबार दिउँसो उनकै पसलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनको पसलबाट कीर्ते बनाउन प्रयोग भएको कम्प्युटरसमेत प्रहरीले बरामद गरेको छ।
वैदेशिक रोजगार न्यायाधीकरणको छाप तथा कर्मचारीको दस्तखत कीर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीमाथि सरकारी छाप दस्तखत कीर्ते मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP