काठमाण्डाै – नेपाली सेनाको अगुवाइमा भइरहेको सफा हिमाल अभियान-२०२२ अन्तर्गत अहिलेसम्म ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन भएको छ । गएको चैत २२ गते देखि शुरु भएको अभियान अन्तर्गत चारवटा हिमालबाट गरी ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सङ्कलन भएको फोहोरमध्ये पाँच हजार दुई सय ६६ किलो कुहिने र २५ हजार ७८ किलो नकुहिने फोहोर रहेको सेनाले जनाएको छ । सेनाले सबैभन्दा धेरै कञ्चनजंघा हिमालबाट १५ हजार तीन सय ७३ किलो फोहोरो सङ्कलन गरेको छ । यस्तै सगरमाथा र ल्होत्से हिमालबाट गरी नौ हजार नौ सय ३२ किलो फोहोर सङ्कलन भएको छ ।
सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आधारशिविर हुँदै चौथो शिविरसम्म एउटै बाटो प्रयोग हुन्छ । सेनाले सङ्कलन गरेकोमध्ये कुहिने फोहोर हिमालभन्दा केही तल ल्याएर व्यवस्थापन गर्नुको साथै नकुहिने फोहाेरमध्ये पुन: प्रयोग हुने फोहोर व्यवस्थापनका लागि काठमाण्डौ ल्याउने गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया