म्याग्दी : अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा गोरखा बारपाक– ४ का अन्दाजी ३२ वर्षीय सन्तमान गुरुङको मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब ३ बजे बागलुङबाट टेकमाइन नेटवर्कको सामान लिएर मुस्ताङ जाँदै गरेको बागमती प्रदेश ०३००१ च ०४२३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले जानकारी दिए ।
जीप सडकबाट करिब सात मिटर तल खसेको थियो । जीपमा चालकसहित ५ जना सवार थिए। अन्य चार सामान्य घाइते भएका छन्। चालकलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया