Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाण्डाै – आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पश्चिमी क्षेत्रमा र राति मध्य क्षेत्र तथा पहाडी भू–भागमा मेघगर्जन, चट्याङ्गसहित हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

दिउँसो प्रदेश-१, वाग्मती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अहिले नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ । यसको प्रभाव कायमै रहेकाले हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यको भनाइ छ। अहिले पनि प्रदेश-एक, मधेस प्रदेशका केही ठाउँहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

प्रि-मनसुनमा छिनछिनमै मौसम परिवर्तन हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । हिजो बेलुकाको हावाहुरीका कारण चितवनमा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । हिजो र अस्ति काठमाण्डौ उपत्यकामा पनि हावाहुरी चलेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP