Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सौन्दर्य प्रतियोगिताका आयोजकबाट यौन शोषण प्रकरणमा अनुसन्धान सुरु, हदम्यादको बाधा फुकाउन दबाब बढ्दै

काठमाण्डाै – सौन्दर्य प्रतियोगितामा सहभागी युवतीमाथि आठ वर्षअघि आयोजकबाट भएको बलात्कार र यौन शोषण घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

घटनाको छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गरेको छ । तर बलात्कारको मुद्दामा एक वर्षे हदम्याद रहेका कारण कानुनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ । बलात्कारको कानुनमा रहेको हदम्याद हटाउन माग गर्दै प्रदर्शनसमेत सुरु भएको छ ।

गएको बुधवार एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफू १६ वर्षको हुँदा एक सौन्दर्य प्रतियोगिताका सञ्चालकले बलात्कार गरेको खुलासा गरेकी थिइन् । तर उजुरीको हदम्यादसम्बन्धी कानुन थाहा पाएपछि उनी थप चिन्तित भएकी छिन् । एक वर्षभित्र रिपोर्ट गरेन भने अदालतले फाइल नै नलिने कानुनका कारण आफूले न्याय पाउनेमा आशा हराउँदै गएको भन्दै उनले ‘यो कस्तो नियम हो नेपालको ?’ भनेर प्रश्न गरेकी छिन् । 

नयाँ संविधान जारी भएपछि विभिन्न कानुनमा रहेका लैङ्गिक असमानता हटाउन ल्याइएको ऐनले बलात्कार उजुरीको हदम्यादलाई ३५ दिनबाट बढाएर ६ महिना बनाइएको थियो ।

त्यस्तै, २०७५ मा कानुन संशोधन गरेर हदम्याद एक वर्ष बनाइएको छ । तर पछिल्लो पटक सार्वजनिक भएका यस्ता घटनाले एक वर्षे हदम्याद पनि अपर्याप्त रहेको भन्दै हदम्याद बढाउन सरकार र सदनमाथि दबाब बढ्दै गएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP