Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

अर्थतन्त्रमा दुई दिने बिदाले थप नकारात्मक असर

पर्सा : नेपाल सरकारले पेट्रोलियम पदार्थ खपत कम गरी लागत घटाउने भन्दै हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल संशोधन गर्न वीरगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ।

अल्प विकसित मुलुकलाई विकसित मुलुकमा पुर्‍याउन अझ कठोर मेहनत गर्नुपर्ने समयमा हप्तामा दुई दिन बिदा दिने नीति ठीक नभएको भन्दै संघले तत्काल संशोधन गर्न माग गरेको हो।

नेपाल सरकारले यही जेष्ठ १ गतेदेखि हप्तामा २ दिन सार्वजनिक बिदा दिने नीति लिएको छ। यो नीति अनुसार हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा उद्योग व्यवसायमा ठूलो नकारात्मक प्रभाव परिरहेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए।

अरु सार्वजनिक बिदा पनि फेरि हप्तामा पर्दा त्यो हप्तैभरी थप सरकारी काम गर्न गराउन नसकिने उनको भनाइ छ। उद्योगी व्यापारीले त अझ बैंक तथा वित्तीय संस्थाहरुमा समेत दैनिक जसो काम गर्नु गराउनु पर्छ। त्यो काम हप्तामा २ दिनको बिदाले सहज हुँदैन। अनि समयमा बैंकिङ्ग कार्य गर्न झन सकस भएको अध्यक्ष गुप्ताले तर्क गरे।

लागत खटाउने बहानामा सार्वजनिक बिदा दिई पेट्रोलियम पदार्थको आयात कम गराइने कुरा नै भद्दा मजाक जस्तो भएको वीरगन्जका उद्योगी व्यवसायीको तर्क छ।

आम सर्वसाधारण र नागरिकको वास्तविक यथार्थलाई मनन् गर्न र अन्य फाजुल खर्चहरूलाई नियन्त्रण गर्न नसक्ने सरकार जन-उपयोगी सरकार नहुने उनीहरुले बताए।

खर्च बढेपछि अझ कठोर कामधन्दा गरी आम्दानी बढाएर जनतालाई राहत दिनुको सट्टा संघ, प्रदेश तथा स्थानीय सरकार कस्ले बढी बिदा दिने भन्ने जस्तो प्रतिस्पर्धा गर्दा मुलुक नकारात्मक दिशामा जान सक्ने वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ।

समग्र उद्योग, व्यवसाय, शैक्षिक, स्वास्थ्य क्षेत्र लगायत हरेक क्षेत्रको समग्र अवस्थालाई मनन् गरी सरकारले नीति बनाउनुपर्नेमा हचुवाको भरमा नीति बनाउने गरेको वीरगन्जका उद्योगी व्यापारीको आरोप छ।

दीर्घकालीन असर पुग्ने कुरामा सरकारले लिने नीति आर्थिक मेरुदण्डलाई नै नकारात्मक प्रभाव पार्ने हुनु हुँदैन वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरी गौतमले बताए।

संघले आइतबार विज्ञप्ति पनि सार्वजनिक गर्दै २ दिने सार्वजनिक बिदा दिने नीति तत्काल संशोधन गरी साविक झैँ हप्तामा १ दिनमात्र बिदा दिन भनिएको छ। सो विज्ञप्तिमा वार्षिक बिदा पनि वर्षमा १३ दिनभन्दा नबढ्ने गरी व्यवस्था मिलाउन उल्लेख गरिएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP