Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विवाह तय भएपछि नाचगान गरेर सुतेका बाबुछोरा मृत फेला

जनकपुरधाम : सिरहामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरेर मृत छोडिएको अवस्थामा बुवा र छोरा  आफ्नै कोठामा फेला परेका छन्। 

घरमा सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार पाल मृत फेला परेका हुन्। 

सन्तको विवाह जेठ ११ का लागि तय भएकाले स्थानीय महिलाहरू विवाह गीत गाएर आ–आफ्नो घर गएपछि बुवा छोरा करिब १२ बजे सुतेका थिए। छुट्टाछुट्टै कोठामा सुतेका बुवा र छोराको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने जानकारी दिए। प्रवक्ता बुढाथोकीले  प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको र यसका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिइएको जानकारी थाहाखबरलाई दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP