Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

युवतीको अन्तरङ्ग तस्वीर लिएर धम्क्याउने प्रहरी र अन्य दुई पक्राउ

काठमाडौं : युवतीलाई  सामाजिक सञ्जालमा साथी बनाएर समाजमा बदनाम तथा बेइज्जत गर्ने धम्की दिने प्रहरी जवानसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रौतहटको दुर्गा भवानीपुर गाउँपालिका-४ बस्ने २७ वर्षका कृष्णकुमार यादवलाई गत बुधबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका यादव धनुषाको बटेश्वर प्रहरी चौकीमा दरबन्दीका प्रहरी जवान रहेका नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोले जनाएको छ।

उनले सामाजिक सञ्जालमा युवतीलाई साथी बनाइ म्यासेज, च्याट र भिडियो कल गर्ने क्रममा पीडितलाई प्रलोभनमा पारी अन्तरङ्ग तस्वीरहरू खिचेका थिए। ती तस्वीरहरू सामाजिक सञ्जालहरुमा पोष्ट गर्ने धम्की दिइ पीडितलाई मानसिक तनाव दिएको भन्दे उनीविरुद्ध उजुरी परेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

उनका अनुसार मोरङको विराटनगर उपमहानगरपालिका-२२ का ३१ वर्षका मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनले सामाजिक सञ्जालमा झुटो खाता खोली युवतीको अन्तरङ्ग तस्वीरहरू आफन्त र साथीभाइलाई पठाएर ती युवतीको चरित्र हत्या गरेका थिए।

पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP