Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महिनावारी हुँदा महिलालाई हेप्ने समाजको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ :  मन्त्री भुसाल

काठमाडाैं : उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले महिनावारी हुँदा महिलालाई हेप्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको बताएकी छन्। उनले महिला महिनावारी हुनु भनेको कुनै नराम्रो कुरा नभइ महिला परिपक्व भएको टुंगो लागेको बताइन्।

मन्त्री भुसालले महिनावारी हुनु पाप नभइ गर्वको कुरा भएको भन्दै पछिल्लो समय सोचमा परिवर्तन भइरहेको जानकारी दिइन्। उनले स्यानिटरी प्याडको निःशुल्क वितरण भएसँगै विद्यार्थीहरु अध्ययनबाट वञ्चित हुनु नपरेको समेत बताइन्।

मन्त्री भुसालले अझै शहरमा पनि महिला महिनावारी हुँदा विभिन्न समस्या भोगिरहनु परेको भन्दै यसविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘महिलाको शरीरमा यस्तो एउटा जैविक बनावट छ। जसले शरीरका हरेक विकृत पदार्थहरु महिनावारीको रुपमा एउटा निश्चित उमेर पुगेपछि र एउटा निश्चित उमेर अवधिसम्म बहिर्गमन गराउने मासिक प्रक्रिया हो। यसलाई क्रमशः बुझ्दै जाँदा यो राम्रो प्रक्रिया हो। यसले महिलामा मातृत्वको क्षमता भएको पहिचान गराउँछ। पछिल्लो पटक स्यानिटरी प्याडको आफ्नै ढंगले विकास भएको छ।’

‘महिनावारी हुनु पाप होइन, गर्वको कुरा हो। विद्यार्थीहरु महिनावारी भएपछि पढ्न नजाँदा अध्ययन छुट्ने समस्या थियो त्यो क्रम रोकिएको छ। शहरमै पनि यस्ता समस्या छन्, त्यसलाई हामीले वैज्ञानिक तथ्य र सचेतता र शिक्षाले जागरुक गराउनुपर्छ।’, उनले भनिन्। 

कार्यक्रममा उनले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने पनि बताएकी छन्। 

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइकल उपर्युक्त विकल्प भएको बताउँदै उनले साइकल र विद्युतीय सवारीसाधनको प्रयोगले वातावरणलाई स्वच्छ बनाउने र हाल भोग्नुपरेको वातावरणीय समस्या पनि समाधान हुने दाबी गरिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP