काठमाडौं : रोल्पाको कारागारमा बन्दी सुन्दर हरिजनले गरेको आत्महत्याका विषयमा अनुसन्धान गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै घटना के कसरी भएको हो, स्थलगत रुपमा अध्ययन अनुसन्धान छानविन गरी १० दिन भित्र व्यवस्थापन विभागमा प्रतिवेदन पेश गर्न समिति गठन गरिएको हो।
कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्र प्रसाद चापागाईको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको हो। यो समितिले प्रतिवेदन दिइसकेपछि घटनाको सत्यतथ्य उजागर हुने भन्दै मन्त्रालयले भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अबलम्बन गरिने पनि जनाएको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ का २० वर्षीय सुन्दर हरिजन जेठ ४ गते बेलुकी साढे ६ बजे कारागार कार्यालय रोल्पाको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। उनको शव दस दिनदेखि नेपालगञ्ज स्थित मेडिकल कलेजमै रहेको छ।
कारागारको रेकर्डमा नेपालगञ्जका हरिजन सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजय विक्रम शाहको नामबाट कैद भुक्तान गरिरहेको खुलेको थियो।
सुर्खेतका विजय विक्रम शाहलाई आपराधिक लाभ मुद्दामा जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो।
हरिजन लाई एउटा ‘चोरी’ र अर्को ‘नकबजनी’ मुद्दामा दोषी ठहर गरेर सजाय तोकिएको थियो। जरिवाना नबुझाउँदा पनि सुन्दर २०७८ असार १० गते जेलमुक्त हुनुपर्नेमा उनको नाममा विजयलाई जेलमुक्त गरिएको थियो । उनले आत्महत्या गरेपछि मात्रै यो रहस्य बाहिर आएको हो।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया