Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आर्थिक सर्वेक्षण : निर्यात ८२.९ प्रतिशतले बढ्दा, आयात ३८.६ प्रतिशत वृद्धि

काठमाडौं: चालु आर्थिक वर्षमा निर्यात ८२ दशमलव ९ प्रतिशतले बढ्दा आयात पनि ३८ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ। आर्थिक सर्वेक्षण २०७८/७९ को अनुसार गत फागुनसम्ममा कुल निर्यात बस्तु वृद्धि भएर १ खर्ब ४७ अर्ब ७५ करोड रुपैंया पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले बढेर ८० अर्ब ७८ करोड पुगेको थियो। 

यस आर्थिक वर्षमा पाम र सोयाविन तेल, पिना, धागो, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढ्दा अलैंची, चिया, जडिबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ। 

आयाततर्फ १३ खर्ब ८ अर्ब ७३ करोड रुपैंया पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा आयात २ दशमलव १ प्रतिशतले बढेर ९ खर्ब ४३ अर्व ९९ करोड पुगेको थियो। 

चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल सुन लगायतका वस्तुको आयात बढेको छ। एम.एस बिलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ। 

गत फागुन सम्ममा कुल वस्तु व्यापार घाटा पनि ३४ दशमलव ५ प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १ दशमलव ६ प्रतिशतले वृद्धि भइ ८ खर्ब ६३ अर्ब २१ करोड पुगेको थियो। 

बढ्दो व्यापार  घाटा, खुद सेवा आय र खुद ट्रान्सफरमा आएको कमी, पुँजीगत खाता र वैदेशिक ऋण तथा अनुदान आप्रवाहमा आएको कमीका कारण चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको सरकारले जनाएको  छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP