Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

काठमाण्डौसहित धेरै ठाउँमा वर्षा, मनसुनी गतिविधि सुरु

काठमाण्डाै – मनसुन नजिकिएसँगै दिनहुँजसो पानी पर्न थालेको छ । यसपालि समयमानै मनसुन भित्रने अनुमान गरिएको छ । तर मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

जुन १३ तारिखमा नेपालमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यो समय तलमाथि हुन सक्छ । जुन महिना सुरु हुन तीन दिन मात्र बाँकी छ । जुन महिना नजिकिएसँगै मनसुनी गतिविधि पनि सक्रिय हुन थालेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरकाअनुसार प्रि-मनसुन अन्त्यतिर पुगेको छ । यसपालि प्रि-मनसुनमा धेरै पानी परेको छ । मार्च, अप्रिल र मे तीन महिनालाई प्रि मनसुन मानिन्छ ।  मे र अप्रिल महिनामा खासै पानी नपरे पनि मे लाग्ने बित्तिकै पानी पर्ने क्रम बढेको थियो ।

मे १ तारिख अर्थात वैशाख १८ गतेदेखि लगातारजसो पानी परिरहेको छ । प्रि-मनसुनमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षेत्रगत रुपमा पानी पर्ने हुन्छ भने मनसुन मेघगर्जन केही कम हुन्छ। तर, क्षेत्रगत रुपमा भन्दा पनि धेरै ठाउँमा लगातारजसो झरी पर्छ ।

मनसुनी गतिविधि सुरु हुँदै गरेकाले केही दिनयता बर्खा लागेजस्तो भएको छ । लगातारजसो पानी परिरहेको छ । अहिले पनि काठमाण्डौसहित वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का केही पहाडी क्षेत्रमा पानी परिरहेको छ । दिउँसो पनि यी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ।   

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP