Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हराइरहेको जहाजको खोजी भइरहेको छ : तारा एअर

काठमाण्डाै – हिजो बिहानदेखि हराइरहेको जहाजको खोजी भइरहेको तारा एअरले जनाएको छ । हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एन–एईटी–डीएचसी–६ ट्विनअटर जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो ।

हिजो दिनभर हेलिकप्टर र स्थलमार्गमार्फत खोजी भइरहे पनि जहाजको अवस्था थाहा हुन सकेको छैन । मौसमको खराबीका कारण खोजी कार्यमा समस्या भएको छ । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको तारा एअरले जनाएको छ । हराइरहेको जहाज खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर फेरि जोमसोम फर्किएको थियो ।

जहाज खोजी तथा उद्धारका लागि काठमाण्डौ, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौसम सुधार हुनासाथ खोजीको काम फेरि सुरु गरिने तारा एअरले जनाएको छ ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्धार टोलीले पनि खोजी काम गरिरहेका छन् । हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP