Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बेपत्ता विमान खोज्न बिहानैदेखि खटियो नेपाली सेनाको टोली

काठमाडौं : आइतबार बिहानबाट बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर आज बिहानै मुस्ताङ पुगेको छ। आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै बेपत्ता रहेको छ।

हिजो राति ८ बजेसम्म पनि नभेटिएपछि उद्दार तथा खोजी टोली सदरमुकाम फर्किएको थियो। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित भएको थियो। विमानको खोजीका लागि आज बिहानैदेखि टोली परिचालन गरिएको सिलवालको भनाइ छ।

अध्यारो र प्रतिकुल मौसमका कारण नेपाली सेनाले खोजी तथा उद्दार कार्य अहिलेलाई रोकेको र आज बिहानैबाट स्थल तथा हवाई दुवै मार्गबाट पुनः खोजी कार्य सुरु थालिएको हो। नेपाली सेनाले बेपत्ता जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको हुनसक्ने सूचना आएको जनाएको नेपाली सेनाले जनाएको छ। खोजीका लागि सेनाको टोली आज विहानै त्यसतर्फ गएको छ।

सम्पर्कविहीन भएको 9-N-AET कलसाइनको जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको तारा एयर जनाएको छ।
जसमा धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जना रहेका छन्। यस्तै गोरखाको शहीद लखन गाउँपालिका-५ को तिनपानेका ४ जना एकै परिवारका रहेका छन्।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एयरले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP