Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एक किशोरीमाथि सामूहिक बलात्कार

जनकपुरधाम : धनुषामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएकाे छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएकाे छ।

पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आईतबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय सिकेन्द्र साह सुडी रहेका छन्। प्रहरी स्रोतका अनुसार पीडित पक्षले ५ जनाको नाममा किटानी जाहेरी दिएको छ।

घटनामा संलग्न भनिएका चार जना अझै फरार रहेका छन्। फरार हुनेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ बस्ने २८ वर्षीय गणेश महतो, वडा नम्बर ५ बस्ने ४० वर्षीय जय कुमार यादव, भारतको विहार घर भई हाल क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने ३० वर्षीय धर्मेन्द्र पटेल र एक जनाको पहिचान नभएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राम सागर सिंहले बताए।

गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका वडा नम्बर ५ मा ल्याई जबरजस्ती करणी गरेका थिए। पीडित पक्षले जवरजस्ती करणीको आरोपमा उनीहरुमाथि ईलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका हुन्। प्रहरीले त्यो मुद्दा जेठ ३ गते दर्ता गरेको थियो। प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतले आरोपीहरु विरुद्ध पक्राउ पुर्जी नै जारी गरेकाे छ।​

प्रहरीका अनुसार घटनामा संलग्न भनिएका आराेपीहरुमध्ये एकजना आईतवार पक्राउ परेकाे र अन्य ४ जना संलग्न रहेको पीडित पक्षको दावी छ। उनीहरुको खोजी कार्य भइरहेको छ।

पक्राउ परेका सिकेन्द्रलाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएकाे छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP