Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मौलिक सामग्रीले पाउन छोडे बजार

बागलुङ : केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा डालो, नाङ्लोको प्रयोग निकै गरिन्थ्याे। मौलिकतासँग जोडिएका यस्ता सामग्रीहरु अहिले कम प्रयोग हुन थालेको छ।

बजारमा प्लास्टिकका रेडिमेड सामग्रीहरु आउन थालेपछि गाउँमा बनाइएका डाला, नाङ्लाको प्रयोग कम हुन थालेकाे छ। यसले मौलिकता समेत हराउँदै जान थालेकाे छ।

वर्षौंदेखि डालो नाङ्लो बुन्ने र बिक्री गरी परिवार पाल्दै आएकाहरु पनि समस्यामा पर्न थालेका छन्। बागलुङको बडिगाडका होमबहादुर थापाले वर्षौंदेखि डालो नाङ्लो बुन्ने र बिक्री गरी घर परिवार चलाउँदै आएका छन्। अहिले आफूले बनाएका सामग्रीले बजार पाउन छाडेपछि घर परिवार चलाउन समस्या हुन थालेको उनले बताए।

केही वर्ष अगाडिसम्म निकै बिक्री हुने डालाकाे पछिल्लो समयमा लोकप्रियता कम हुँदै गएको उनकाे भनाई छ। बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्रीहरु आएपछि आफूले बुनेका डाला/नाङ्लाले बजार पाउन छाडेको होम बहादुर बताउँछन्।

परम्परागत नापतौल गर्ने तुलाेको रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएको उनी सुनाउँछन्।

‘हामी सानो–सानो हुँदा केही अन्नपात किन्दा माना पाथीबाट तौलिने गर्थे, अहिले त सबै किलोको हिसाब हुन थाल्यो, यसले गर्दा पनि होला गाउँ घरमा उत्पादन हुने परम्परागत माना पाथीको प्रयोग हराउँदै गए’ थापाले भने ‘यही हिसाबले हेर्ने हो भने त हाम्रा सीपको प्रयोग हुने ठाउँ बिस्तारै लोप हुने हो कि भन्ने लाग्छ।’

थापाले बाह्रै महिना यही डालो नाङ्लो बुन्ने काम मात्रै गर्दैनन्। उनले खेती किसानी पनि गरिरहेका छन्। उनले डालो नाङ्लो फुर्सदको समयमा मात्रै बुन्ने गर्छन्। पर्याप्त मात्रामा चोया भए दिनमा ५/७ वटा सम्म बुन्न सकिने उनकाे अनुभव छ। पछिल्लो समय कच्चा पदार्थ समेत अभाव हुन थालेको उनकाे गुनासो छ।

‘वर्षैभरी यही बुन्ने काम गर्ने हो भने त धेरै बनाइन्थ्यो होला, खेती पनि गर्नुपर्‍यो, घरको काम पनि छ, जसले गर्दा त्यति धेरै समय दिन सकिँदैन, यो त बेला मौका पारेर बुनेको हो,’ थम्मन थापाले भने ‘आजभोलि त पहिले–पहिलेको जस्तो चोया पनि प्रशस्त पाइँदैन, वनजंगल धाउनु पर्छ, चोया हुने हो भने दिनमा ५/७ वटा बुन्न सकिन्छ।’

आफ्नो बाउ बाजेले बुनेको देखेर आफूले पनि सिकेको भन्दै अहिलेका युवा पुस्ताले यसप्रति चासो नदेखाएको उनले बताए। आफूहरुको पुस्तापछि परम्परागत रुपमा बुनिँदै आएका डालो नाङ्लो लोप हुन सक्ने उनको भनाई छ। अहिले पनि गाउँका थोरै मान्छेले मात्रै बुन्ने गरेका छन्।

‘हामी पछिका मान्छेहरुले त अब यस्ता बुन्ने कामहरु गर्दैनन् होला, अहिले कसैले पनि सिक्ने चासो देखाउँदैनन्, हामीले त सानैदेखि डोको, नाङ्लो, पाथी, डालो बुन्न सिक्ने गरेका थियौँ’, थापाले भने, ‘पछि–पछिका मान्छेले त यो डालो नाङ्लाे के हो भन्ने पनि चिन्दैनन् होला, त्यस बेला बुन्ने मान्छे कोही पनि हुन्न होला।’

थापाले फुर्सदको समयमा डालो बुनेर बेचे पनि वर्षमा डेढ दुई लाख आम्दानी गर्ने गरेको बताउँछन्। धेरै समय दिन नसके पनि फुर्सदको समयलाई सदुपयोग गरेर थापाले डालो नाङ्लो बुन्ने गरेको बताउँछन्। यसबाट आफूले आफ्नो घर खर्च चलेको र बालबच्चाको लालनपालन र पठनपाठनमा सहज भएको उनकाे भनाइ छ। थापाको घरमा छोराछोरी र एक श्रीमती छन्।

‘केही गर्न सकिएन, धेरै पढ्न पनि पढिएन, गाउँमा बस्यो खेती किसानी गर्‍यो, यही डालो नाङ्लो बुनेर कहिलेकाहीँ बेच्ने गरेको छु, यहीबाट घर खर्च चलेको छ,’ उनले भने ‘व्यवसायिक रुपमा गरेको भए राम्रो हुन्थ्यो होला, त्यसरी व्यवस्थित गर्न पनि सकिएन।’ 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP