Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बाग्मती प्रदेशको नीति तथा कार्यक्रममा के–के समेटियो ?

मकवानपुर – बाग्मती प्रदेशको आउँदो आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम आज सोमवार प्रदेश सभा सचिवालयमा प्रस्तुत गरिएको छ । बाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । 

प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शर्माले विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तीमा एक विद्यालयमा नमुना बाल विकास केन्द्र सञ्चालन गरिने बताउनुभयो । 

गुरुयोजना स्वीकृत भएका आवासीय विद्यालयकाहरूको भौतिक विकास गर्नुका साथै नमुना विद्यालयमा विकास गुरुयोजना कार्यान्वयन गरिने उहाँले उल्लेख गर्नुभयो । 

सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशालाहरू स्थापना गरिने प्रदेश प्रमुख शर्माले बताउनुभयो । बाग्मती प्रदेशलाई शिक्षाको हबको रूपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । 

उच्च शिक्षा पढ्नका लागि ‘छोरी–बुहारीलाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ भने प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रङ्गशाला निर्माण गर्ने योजना अघि बढाइएको छ ।

पशु बीमालाई प्रभावकारी बनाउने र सङ्घ तथा पालिकाको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने प्रदेश प्रमुख शर्माले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP