Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लकडाउनकामा फसेका भारतीय तिर्थ यात्रीलाई मौलाना नेपाली द्वारा राहत वितरण

कृष्णनगर चैत्र २

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेका भारतीय तिर्थ यात्रीहरूलाई मंगलवारका दिन राहत सामग्री वितरण गरिएको छ ।

कोराना भाइरस विश्व भरमा महामारीको रुपमा फैलिएका कारण नेपाल भारत लगायत अन्य देशहरुमा पनि लकडाउन रहेको अवस्था छ। नेपाल भारतको सम्बन्ध रोटी बेटी र मित्र राष्ट्र भारत उत्तर प्रदेश बलरामपुर जिल्लामा घर भएका ३६ जना तिर्थ यात्रीहरु नेपालको त्रिवेणी धाममा तिर्थ यात्रामा आएका थिए ।

यात्रा पूरा गरि आफ्नो देशमा फर्कने क्रममा कोरोना भाइरसको त्रासका कारणले नेपाल भारत दुबै देशमा लकडाउन भइ सीमा नाकाहरु बन्द भएको कारणले तिर्थ यात्रीहरु कपिलवस्तुको कृष्णनगर नगरपालिका को वडा नं १ सेमरा मा दुइ हप्ता देखि फसेका छन।

उक्त बिषयको जानकारी प्रदेश नं.५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पाउन साथ आफ्नो सहयोगी राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी,हेरा शैक्षिक तथा मानवीय सेवा समाज का महासचिव शैख जैस मक्की, सम्बन्धित वडा अध्यक्ष टुंग नाथ चौधरी र पत्रकार हरुको साथ तिर्थ यात्रीहरु रहेका स्थलमा पुगी चामल ७० किलो, २५किलो दाल, २५किलो पिठो, २५किलो आलू, खाने तेल, नून लगायतका समाग्री हरु दिदै प्रदेश नं.५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले आफूहरु जाति धर्म हेरेर होइन वास्तविक पिडीतको आधारमा राहत दिदै आएका छौँ। भारतीय तिर्थ यात्री नेपालमा फसेको हेर्दा आफू लाई निकै दुख लागेको र दुई देश बिच मित्रता समेत कायम रहेको ले हाम्रो कर्तव्य उहाहरु लाई सक्दो सहयोग गर्ने समेत रहेको छ।


गरिब असहाय लाई राहत दिनु मानवीय कार्य रहेको र आफू हरु सधै सके सम्म गरिब असहाय र समस्यामा परेका लाई सहयोग गर्ने राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले बताउनु भयो ।
प्रदेश नं.५ मदरसा बोर्ड को आयोजना र हेरा शैक्षिक तथा मानवीय सेवा समाज को सहयोगमा वितरण गरियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP