Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

याैन हिंसामा उजुरीकाे हदम्याद हटाउँदा नक्कली मुद्दाकाे चाङ लाग्न सक्छ : सांसद विश्वकर्मा

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौन हिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा उभिनुभएको छ ।

आज साेमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाकाे चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाइ मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताउनुभएको हो । उहाँले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरूले उजुरी दिन नसक्ने भएकाले हदम्याद हटाउन मिल्ने भए पनि सामान्य मानिसको हकमा भने त्यसो गर्न नहुने तर्क गर्नुभयो ।

सांसद विश्वकर्माले भन्नुभयो, ‘यौन हिंसा गम्भीर प्रकारको अपराध हो । यसका दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्दछ । तर अपराध भन्नेबित्तिकै यसको हदम्याद राख्ने कि नराख्ने भन्नेबारेमा चाहिँ छलफल हुनुपर्दछ जस्तो लाग्छ । अपराधीलाई दण्डित गर्न र पीडितलाई न्याय दिनका लागि हामीेल हदम्याद नराख्दा वा राख्दा प्रमाण भेटिने आधार के हुन्छ ? हदम्याद नराख्दा प्रमाण भेटिन्छ कि मेटिन्छ ? तर हाम्रा पुराना कानुनहरूले के भन्छ भने– यस्तो किसिमको जघन्य अपराधका घटना वा जबरजस्ती करणीमा जति छिटो उजुरी गर्न गयो, त्यति ज्यादा प्रमाणहरू भेटिने हुँदा त्यति नै छिटो पीडकलाई दण्ड सजायको भागी बनाउन सकिन्छ भन्ने मान्यता छ ।

तर आज मान्यता ठ्याक्कै उल्टो बदलिएको जस्तो लाग्छ । जतिसक्दो ढिलो उजुरी गर्‍याैँ अथवा जति ढिलो कानुनको ढोका ढकढकाउन गयौँ, त्यति धेरै न्याय पाइन्छ भन्ने मान्यता मैले बुझ्न सकिराखेको छैन ।’ सांसद विश्वकर्माले कुनै पनि क्षेत्रको कानुन तुर्जुमा गर्नुअघि त्यस विषयमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP