Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोरोना महामारीः विजयनगरले उच्च सतर्कता अपनाउँदै अघि बढिरहेको छ :अध्यक्ष थापा

घनश्याम भर


बैशाख ३ –विजयनगर


कपिलवस्तुको विजयनगर गाउँपालिकाले बुधवार सर्बदलीय बैठक सम्पन्न गरेको छ । कोरोना महामारीबाट आफु बच्न र अरुलाई बचाउनका लागि सर्बदलीय बैठक बसेको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम दिनप्रतिदिन नेपालमा बढिरहेको अवस्थामा गाउँपालिकाले बेलैमा नियन्त्रण तथा रोकथाम गर्न उच्च सतर्कता अपनाउँदै अघि बढेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।


यस विषम परिस्थितिमा सबै सरोकारवालाहरुले जिम्मेवार भएर लागे नियन्त्रण गर्न सकिने थापाले बताउनुभयो । उहाँले यस संकटको घडीमा सबै दलहरुलाई समन्वयकारी भूमिकाको निर्वाह गरी कोरोना महामारीसँग सामना गर्न एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

गाउँपालिका भारतको सिमानासँग जोडिएकोले भारतबाट आउने व्यक्तिको सम्भावना बढी हुन सक्ने बताउँदै सिमानामा निगरानी बढाउन चौबिसै घण्टा प्रहरी प्रशासन खटाइएको अध्यक्ष थापाले बताउनुभयो ।


उहाँले बाहिरबाट गाउँपालिका भित्र पस्नेलाई पत्ता लगाउन र गाउँवासी बीचको सामाजिक दुरी कायम गर्न प्रत्येक गाउँमा युवा परिचालनसमेत गर्ने बताउनुभयो । अत्यावश्यक परेको खण्डमा वडा नं. ७ को आयुर्वेदिक अस्पताल प्रसोहियामा आइसोलेशनको व्यवस्था गर्ने थापाले बताउनुभयो ।

सरकारले लगाएको लकडाउनमा दीर्घरोगीको उपचारको सुविधको लागि एम्बुलेन्सको व्यवस्था गरेको जानकारी दिँदै सबै दलबाट आएको सल्लाह सुझावलाई स्वीकार्दै अघि बढ्ने प्रतिबद्धता थापाले जनाउनुभयो ।


सबै दलले कोरोना महामारीको रोगसँग मिलेर लड्न तयार रहेको बताएका छन् । यस विषम परिस्थितिमा एकजुट भएर कोरोना विरुद्ध बढ्नु हामी सबैको जिम्मेवारी भएको भन्दै यस लडाईका साथ दिने प्रतिबद्धता जनाएका छन् ।

गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले प्रहरी प्रशासनलाई दिनमा एक पटक प्रत्येक गाउँ–गाउँमा पसेर सम्र्पूण गतिविधि बुझी सामाजिक दुरी कायम गराउने बताउनुभयो । यसरी चौक चौराहामा मानिसहरुको भीडमा कमी आउनुको साथै सचेत हुँदै जाने कुरामा जोड दिनुभयो ।
गाउँपालिको सबै वडामा सरकार तोकेको मापदण्ड अनुरसार १४ सय ३२ घरपरिवारलाई दोस्रो चरणको राहत वितरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ । सरकारले लगाएको लकडाउनको चपेटामा परेका गरिब, विपन्न र गरी खाने मजदुर वर्गलाई राहत वितरण गर्ने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP