Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

म्याग्दीमा विपद्को पूर्वतयारी  : उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारिने

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा विपद् जोखिममा दृृष्टिले उच्च जोखिममा रहेका बस्तीमा विशेष सतर्कता अपनाइने भएको छ। बुधवार जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद व्यवस्थापन समिति एवं सरोकारवाला निकायको बैठकले विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका क्षेत्रमा विशेष निगरानीसहित पूर्व तयारी गर्नका लागि १५ वटा निर्णय गरेको छ। 

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको अध्यक्षतामा बसेको बैठकले प्राकृतिक विपत्तिका कार‍ण उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने, जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी तटका बस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सहज हुने गरी सम्पर्क व्यक्ति खटाउने निर्णय गरेको छ। 

नदीको तटिय क्षेत्रको अवस्था नियमित जानकारी गराउन अन्नपुर्णले दाना, रघुगंगाले चिमखोला, बेनीले गलेश्वर, मंगलाले बाबियाचौर मालिकाले दरवाङ र धवलागिरीले मुना र मुदीमा सम्पर्क व्यक्ति राख्ने भएका छन्। 

प्राकृतिक विपत्तिबाट उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने, अस्थायी संरचना तथा स्वास्थ्य उपचारका लागि दु्रत समुहलाई परिचालन गर्ने, अति आवश्यक बाहेक स्वास्थ्यका कर्मचारीलाई कार्यक्षेत्रबाट बाहिर जान नदिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए।

उनले सम्भावित जोखिम स्थानमा बसोबास गर्नेको लगत संकलन गरी स्थानीय तह, विपद् व्यवस्थापन समितिलाई जानकारी दिने, ठूला नदीमा बाढीको सम्भावनालाई मध्यनजर गरी सूचना दिने व्यक्ति खटाउने, राहतलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, प्रयाप्त खाद्यान्न, औषधिसहितका वस्तुको उपलब्धतालाई ध्यान दिने लगायत गरी १५ बुँदे निर्णय गरेको बताए।

जिल्लाको लाइफलाइन मानिएको बेनी–जोमसोम, बेनी–दरबाङ सडकखण्ड सहित निर्माणधिन अवस्थामा रहेका आयोजनालाई कम्तीमा एक स्काभेटर, डोजर तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।  

प्राकृतिक विपत्तिबाट उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने, अस्थायी संरचना तथा स्वास्थ्य उपचारका लागि द्रुत समूहलाई परिचालन गर्ने, अति आवश्यक बाहेक स्वास्थ्यका कर्मचारीलाई कार्यक्षेत्रबाट बाहिर जान नदिने प्रमुख जिल्ला अधिकारी रानाले बताए। 

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्ने गरी जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी र म्याग्दी नदी तटका वस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सहज हुने गरी सम्पर्क व्यक्ति खटाउने भएको छ। 

नदीको तटिय अवस्थाका बारेमा नियमित जानकारी दिने गरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बावियाचौर, मालिका गाउँपालिकाले म्याग्दी नदी र धवलागिरी गाउँपालिकाले मुदी र मुनामा तटीय क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने गरी सम्पर्क व्यक्ति खटाउने भएको छ। सम्पर्क व्यक्तिलाई स्थानीय तहले व्यवस्थापन गर्ने जनाइएको छ।

माथिल्लो क्षेत्रमा बाढी आउँदा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला दैवीप्रकोप उद्धार समिति, जिल्ला प्रहरी सहितको सु्रक्षा निकाय बेखवर हुने गरेका थिए । यसअघि कालीगण्डकी र म्याग्दी नदी तटका वस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न जडान गरिएको पूर्वसूचना (साईरन) प्रणाली जडान गरेपनि प्रभावकारी छैन। 

अन्नपूर्ण गापा–२, तातोपानी, मंगला–बाबियाचौर धौलागिरी गापा–७ ताकमको फेदी नजिक म्याग्दी नदीमा राखिएको पूर्वसूचना प्रणाली पनि अलपत्र छ । उक्त प्रणालीले बाढीको संकेत गर्ने पहिलो साइरन बजेपछि बाढी थप ५० सेन्टिमिटर बढ्दा पूर्ण खतराको घण्टी बजाउने गरेको थियो। अहिले यो उपकरण समेत चोरी भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP