Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

काठमाण्डौ एअरपोर्टमा अब यात्रुले नाक छोप्नु पर्दैन : मन्त्री आले

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने बताउनुभएको छ ।

काठमाण्डौ विमानस्थलमा कार्यरत निजी क्षेत्रका एक सय ५२ जना सरसफाइ कर्मचारीलाई दिइएको दश दिने अन्तर्राष्ट्रियस्तरको सफाइ तालिमको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री आलेले त्रिभुवन विमानस्थलमा फोहरका कारण अब नाक छोप्नु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको हो।

उहाँले भन्नुभयो, ‘हामीले एअरपोर्टमा पर्यटक आउँदा नाक छोप्नु पर्ने अवस्थाको अन्त्य गरेका छौँ, विमानस्थल सफा राख्ने जिम्मा सरसफाइकर्मीको हातमा छ, आफूले लिएको सरसफाइसम्बन्धी तालिमको भरपूर प्रयोग गर्नुस्, म सहयोग गर्न तयार छु ।’

विमानस्थलमा सरसफाइसम्बन्धी काम गर्ने कर्मचारीलाई बर्सेनि पुरस्कारको व्यवस्था मिलाउनसमेत मन्त्री आलेले विमानस्थल प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले सरसफाइको कुरामा कामदार मात्रै दोषी नहुने भएकाले सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । यसैगरी मन्त्री आलेले आफूले दिएको निर्देशनअनुसार विमानस्थलमा विकासका कामहरू भएका र थुप्रै राम्रा कामहरू भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP