काठमाडौं : ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर दुई महिलाको शव फेला परेको छ।
वर्षासँगै गएराति करिब साढे ८ बजे झरेको पहिरोले स्थानीय विष्णु अधिकारीको घर पुरिएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले पहिरोमा पुरिएका विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको शव भेटिएको जानकारी दिए।
विष्णु भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने पशुचौपायासमेत पुरेको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो झरेको छ। लगातारको वर्षाले सडकमा पहिरो झरेपछि सिदिङ्वा गाउँपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ।
सडकका ठाउँ–ठाउँमा पहिरोले बाटो बन्द गरेपछि आवतजावतमा समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र बेघाले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया