Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अर्काे पार्टीमा भाेट हालेकाे भन्दै छाेराले पानी भर्न दिएनन्

पाल्पा : सेतै कपाल फुलेकी। गाला चाउरी परेकी। टन्टलापुर घाम। त्रिपालमुनि पसिना बगाउँदै लौरोको सहारामा उभिएकी। अनुहार हेर्दा मलिन देखिन्थ्यो। उनी हुन् पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित खुर्सानेकी ८८ वर्षीया नरिकला गाहा।

सत्यवतीको एउटा गाउँमा कार्यक्रम भइरहेको थियो। जहाँ स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधिले विजयोत्सव मनाइरहेका थिए। कार्यक्रममा उनलाई पनि निम्तो थियो। छिमेकीसँगै उनी त्यो कार्यक्रममा पुगेकी थिइन्। चर्को घाममा तपतप पसिना चुहाउँदै उनले त्यहाँ भाषण गरिरहेका नेताहरूको कुरा खुब ध्यान दिएर सुनिरहेकी थिइन्। तर नरिकलालाई भने गाउँमा खानेपानी ल्याउने कुरा सुन्ने मन थियो।

अहिले पनि घण्टौँ लगाएर डोकोमा पानी बोकेर खानुपर्ने बाध्यता छ, नरिकलालाई। कुवामा धाएर पानी बोकेर खान परिरहेको बाध्यता थाहाखबरलाई सुनाइन्। गहभरी आँशु ल्याउँदै उनले थपिन् ‘घरकै धारामा पानी थापेर खाने चाहना सपना जस्तै हुने भो। डोकोमा पानीको गाग्री बोक्दाबोक्दै मर्ने भएँ।’

चुनावअघि भोट माग्न आउँदा पानी ल्याइदिन्छु भनेका थिए नेताहरूले। अहिले जितेका छन्। तिनै नेताहरूसँग खानेपानीको धारा ल्याइदिनु पर्‍यो भन्दै माग गर्न कार्यक्रममा आएको नरिकलाले सुनाइन्।

सोही ठाउँकी अर्की वृद्धा कुन्ती घिमिरेको पनि दुखेसो उस्तै छ। एक घण्टा धाएर ५ लिटरको ग्यालेनमा पानी बोकेर खाने गरेकी छिन्, उनले। घरमा आफू र वृद्ध श्रीमान् मात्र छन्। आफू अन्दाजी ७९ वर्षकी भइन्। उनका श्रीमान ८२ वर्ष पुगे। घरभन्दा केही तल कहिलेकाहीँ धारामा पानी आउँछ। तर कुन्तीको आफ्नै धारा भने छैन। कहिलेकाहीँ छोराको घरमा भएको धारामा पानी भर्ने गर्थिन्। पछिल्लो समयमा भने फरक पार्टीलाई भोट हालेको आरोप लगाउँदै छोराले पनि पानी भर्न नदिएको उनले गुनासो गरिन्।

घरभन्दा टाढा खोल्सामा रहेको भूतपानी कुवामा पुगेर ग्यालेनमा पानी बोकेर खाने गरेको बाध्यता सुनाइन्। भन्छिन्, ‘बुढेसकाल लाग्यो। शरीरमा तागत छैन। लौरोको सहारामा ग्यालेनमा पानी बोकेर खानु परेको छ।’

अबको सरकारले खानेपानी ल्यायदिए ठूलो धर्म हुने थियो। उमेर र अवस्थाले आज हो कि, भोलि मर्ने जस्तै भइयो। यस्तो अवस्थामा घरकै धारामा पानी थापेर खान पाए धेरै राहत मिल्ने उनी बताउँछिन्।​

सत्यवतीस्थित तल्लाटोल भट्टबारीका ७२ वर्षीय खुमबहादुर पेङ्नी मगर पनि त्यही कार्यक्रममा पुगेका थिए। हातमा लौरो बोकेका उनी कुर्सीमा बसेर टोलाई रहेका थिए। यता भव्य कार्यक्रम चलिरहेको थियो। तर उनको मन भने घरतिरै थियो। बिहान पानी बोकेर आएका उनी साँझ घरमा फर्केपछि पनि पानी बोक्नुपर्ने छ। चैत बैशाखमा पानी कुरेर बोक्नुपर्ने बाध्यता छ। अहिले पनि त्यही कुवामै डोकोमा गाग्री बोकेर पानी लिन जानुपर्छ।

‘न पानी भर्ने कुवा राम्रो छ। न त्यहाँसम्म पुग्ने बाटो राम्रो छ।’ उनले भने ‘पानी लिन जाँदा सर्पले डस्ने हो कि? भन्ने पीर लाग्छ।’ हाम्रो जिन्दगी त पानी बोकेरै बित्ने भयो। अब छोरा नातिलाई पानी बोक्नुपर्ने बाध्यताको अन्त्य भए हुन्थ्यो भन्ने खुमबहादुरको मनमा लागिरहेको छ।

अबको सरकारले खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्न उनले सुझाए। पानीको समस्या नभए बालबालिकाले राम्रोसँग पढ्न पाउँथे। बावुआमालाई पानी बोक्ने समयमा अन्य काम गरेर परिवार पाल्न सहज हुने खुमबहादुरले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP