Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भौतिक र मानवीय क्षति कम गर्न सुकेका रूख व्यवस्थापन गरिने

कञ्चनपुर : सुकेका रूख ढलेर हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिका–८ ले विवरण संकलन शुरु गरेको छ।

हावाहुरी र वर्षाका कारण ढल्ने सुकेका रूखले मानवीय र भौतिक क्षति वर्षेनि गर्दै आएकाले त्यसलाई न्यूनीकरण गर्न वडा कार्यालयले कार्य अगाडि बढाएको हो। 
रूखकै कारण क्षति हुने विद्यालय, सडक, सार्वजनिक भवन, निजी घर, विद्युत् लाइन लगायतका क्षेत्र यकिन गरी रूख व्यवस्थापनका लागि कार्य अगाडि बढाउने तयारी गरिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए।

‘सुकेका रूखका कारण हुन सक्ने जोखिमलाई मद्देजनगर गर्दै खतरायुक्त क्षेत्रको पहिचान गर्नमा जुटेका छौं’, उनले भने, ‘सुकेका रूख ढल्दा मानवीय र भौतिक क्षति हुँदै आएको छ । त्यसलाई रोक्न लागेका छौं।’

खतरायुक्त सुकेका सडेगलेका रूखको पहिचानका लागि वडाबाट सार्वजनिक सूचना समेत जारी गरिएको उनले बताए।

तत्काल हटाउनुपर्ने रूख सम्बन्धित निकायसँग समन्वय गरी हटाइने उनले बताए। ‘कानुनी प्रक्रिया पूरा गरेर मात्रै रूख हटाउँछौं’, उनले भने, ‘यसका लागि व्यवहारिक पक्षलाई समेत हेरिनु पर्छ। सुकेका सडगलेका रूखहरू नहटाउँदा ढलेर मानवीय क्षति हुन सक्ने अवस्था छ भने त्यस्ता रूखहरू सामुदायिक वनकै पदाधिकारीको रोहवरमा हटाउँछौं।’ 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP