Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रहरीको सुरक्षामा रहेको भन्सार छलीको दुई ट्रक रासायनिक मल राजमार्गबाटै स्थानीयले कब्जा गरे

काठमाण्डाै – धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेका छन् । भन्सार छलेर ल्याएको दुई ट्रक रासायनिक मल राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर दुई जना सशस्त्र प्रहरीको सुरक्षामा काठमाण्डौ लगिरहेको अवस्थामा धादिङको धार्के बजारमा स्थानीयले खोसेका हुन् ।

स्थानीयले दुई वटा ट्रकमा रहेको लगभग ४ सय बोरा मल कब्जा गरेको खानीखोला इलाका प्रहरी कार्यालय खानीखोलाका  प्रहरी निरीक्षक अपूर्ण ढुङ्गानाले जानकारी दिनुभयो । मल काठमाण्डौतर्फ लैजाँदै गरेको सूचना पाएपछि स्थानीयहरु भेला भएर राजमार्गमै ट्रकबाट मल कब्जा गरेका हुन् ।

सयौँ स्थानीयले ट्रक कब्जा गरेर मल खोस्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरे पनि रोक्न भने सकेन । यसअघि धादिङकै व्यापारीले कालोबजारीमा जथाभाबी मूल्य तोकेर मल बेच्ने र लुकाउने गरेको घटनाबाट किसान हैरान भएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP