Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अवधी भाषा हाम्रो गहना हो: मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अवधी भाषा हाम्रो गहना भएकोले यसको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको अवधि सम्मेलनको उदघाटनसत्रमा मुख्यमन्त्री केसीले सो कुरा बताउनुभएको हो ।

अवधी भाषालाई आर्को पुस्ताका लागि विकास र विस्तार गर्न लुम्बिनी प्रदेश सरकार कटिबद्ध भएर लाग्ने मुख्यमन्त्री केसीले प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले भन्नुभयो “साहित्य, कला, नाटक र रचनालाई सार्वजनिक गर्ने स्थलको रुपमा कपिलवस्तुलाई सुनिश्चित गरिसकेका छौं ।”

अवधी भाषाको कर्मभुमिको रुपमा विकास गर्न कपिलबस्तुलाई सांस्कृतिक राजधानी बनाउने घोषणा पनि प्रदेश सरकारले गरिसकेको उहाँले बताउनुभयो । मुख्यमन्त्री केसीले भन्नुभयो “नेपाल र भारतको सम्बन्ध रोटीबेटीको मात्रै नभएर भाषा संस्कृतिको पनि भएको यो सम्मेलनले उद्घोष गरिसकेको छ ।”

असार १० गते कपिलवस्तु नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा यहाँको भाषा, संस्कृति, भेषभूषाको संरक्षणका निम्ति कार्यक्रमहरु ल्याउने उहाँले बताउनुभयो । कपिलवस्तुलाई लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक राजधानीको रुपमा पनि विकास गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ । भाषा, कलाको संरक्षणका लागि कपिलवस्तुमा बहुसांस्कृतिक सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP