Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हात्तीको आक्रमणबाट टिकापुरमा एक महिलाको मृत्यु

काठमाडौं :  हात्तीको आक्रमणबाट टीकापुर नगरपालिका–१ की एक महिलाको ज्यान गएको छ। 

कर्णाली नदी किनार सनकट्टि घाटमा शनिबार साँझ  जंगलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा ५० वर्षीया टंक सोडारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

‘कर्णाली नदीमा भैरहेको तटबन्धमा मजदूरी गरिरहेकी सोडारी लगायतका कामदारहरु हात्ती देखेपछि भागेका तर सोडारीलाई हात्तीले आक्रमण गरेको रहेछ, ’ नायव उपरीक्षक शाहीले भने,  ‘उनीहरुले खबर गरेपछि खटिएको प्रहरी टोलीले खोजीगर्दा करीब दुई घण्टापछि मृत अवस्थामा भेटिनुभयो।’

नदी किनारमा तटबन्धका लागि तीन जना महिला ढुङ्गा संकलन गरिरहेकामा एक्कासी दुई वटा हात्ती नजिकै देखेपछि दुई जना महिला भागेका तर सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रहरीको भनाइ छ। 

मृतकका दुई छोरा रोजगारीको सिलसिलामा भारतमा रहेको र अपाङ्ग छोरी पालेर बसेको टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारीले जानकारी र्दि।  मृतक सोडारीको शव टीकापुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP