Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महिलाले खेतमै बच्चा जन्माइन्

कञ्चनपुर : शनिवारका दिन साँझको पाँच बज्दै थियो। दिउँसोको ड्युटी सकेका देखतभूली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी घर जाने सुरसारमा थिए। एकाएक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको मोवाईलमा घण्टी बज्यो।

मोवाईलमा फोन गर्ने महिलाले हतारिँदै एक जना महिला सुत्केरी हुन नसकेर खेतमै छट्पटाई रहेको र छिटो आउनका लागि आग्रह गरिन्। फोन गर्ने महिलाले नै बच्चाको हात बाहिर आएको कुराको जानकारी स्वास्थ्यकर्मीलाई गराइन्।

‘त्यो सुनेपछि सुत्केरी हुन नसकेकी महिला र शिशुको ज्यान जोगाउने कुरा मात्रै मनमा खेल्न थाल्यो‘ स्वास्थ्य चौकीका स्वास्थ्य अधिकृत लिलाकान्त झाले भने, ‘हतार हतारमा प्रसूति गराउनका लागि आवश्यक सामग्री बोकेर त्यस तर्फ लाग्यौँ।’ ‘स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति गराउनका लागि आउने क्रममा महिलालाई प्रसव व्यथाले च्यापेपछि खेतमै बस्नु भएको रहेछ’ अधिकृत झाले भने, ‘प्रसव व्यथाले च्यापेकी महिलासँगै केही अरु महिला पनि थिए। ती महिलाहरुले प्रसूति हुने महिलालाई घेरेर राखेका थिए’।

‘खेतमा गहुँ काटेका नलहरु छरपस्ट रुपमा थिए। खेतमै सुरक्षित ठाउँको खोजी गरी प्रसव पीडाले छट्पटाउँदै गरेकी महिलालाई राख्यौँ। शिशु उल्टो अवस्थामा थियो। हात र कम्मर अड्केको अवस्थामा थियो। शिशुलाई कसरी निकाल्ने भन्ने बारे खेतमै छलफल गर्‍यौँ। तुरुन्तै शिशु ननिकाले आमाको ज्यानलाई समेत जोखिम थियो। जोखिम मोलेर शिशुलाई बाहिर निकाल्यौँ।’, उनले भने।

‘शिशुको शरीर नीलो भैसकेको थियो। कृत्रिम श्वासप्रश्वास दियौँ। माउथ टु माउथ र एम्बु व्यागबाट श्वासप्रश्वास दिने क्रम जारी राख्यौँ। आधा घण्टाको प्रयास पछि शिशुले श्वास फेर्न शुरु गर्‍यो। रुन थाल्यो। शिशु र आमाको ज्यान जोगाउन पाएकोमा मनमनै निकै खुशी थियौँ। सबैले आश मारिसकेका थिए। शिशु बाँच्दैन भन्थे। शिशु र आमाको ज्यान जोगियो, यो हाम्रा लागि ठूलो उपलब्धीका रुपमा रहेको छ।’, त्यो क्षण हाम्रा लागि कहिल्यै नभुल्ने घटनाका रुपमा सधैँ ताजा रहने छ’, अधिकृत झाले भने।

उनी भन्छन्, ‘म र मेरो टिमले जटिल प्रसूति सफलतापूर्वक गरी आमा र शिशुको ज्यान जोगाएका छौँ। यस कार्यका लागि खटिने स्वास्थ्यकर्मी विनिता र उषा धन्यवादका पात्र छन्।’

चर्को गर्मीका बीच छाता ओढाएर सुरक्षित रुपमा खुल्ला ठाउँमा प्रसूति गराएको पहिलो घटनाका रुपमा रहेको उनी बताउँछन्। प्रसूति गराएकी आमा र शिशुलाई स्वास्थ्यकर्मीकै सहयोगमा सेती प्रादेशिक अस्पतालमा पठाईएको छ।

कृत्रिम श्वासप्रश्वास दिएका शिशुलाई २४ घण्टा आइसियुमा राख्नु पर्ने भएकाले अस्पतालमा पठाईएको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले जानकारी दिए। अहिलेसम्म आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP