Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

तीन जिल्लामा सवारी दुर्घटना, २ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु र एक जना बेपत्ता भएका छन्।

काठमाण्डौ महानगरपालिका ३ चप्पल कारखाना नजिकै गएराति ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ। महाराजगंज चोकबाट धुम्बाराही तर्फ जादै गरेको बा २ क ८८७१ नम्बरको ट्रिपरले गएराति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।

ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंज स्थित त्रिवि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए। ट्रिपरसहित चालकलाई प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ।

यस्तै सिन्धुलीको कमलामाई नगरपालिका ४ मा आइतबार बेलुका मोटरसाइकल र जिप आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। 

मृत्यु हुनेमा दोलखाको बिगु गाउँपालिका ५ का १९ वर्षीय महेश भुजेल रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा पछाडी सवार मोरङको बेलका नगरपालिका ४ कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५७७१ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको भारतिय नम्बरको जिप हिजो बेलुकी सवा ७ बजे आपसमा ठोकिएका हुन्। जिप सहित चालकलाई प्रहरी चौकी ढुङग्रेबासले नियन्त्रणमा लिएको छ।

यसैगरी, डडेलधुराको अमरगढी नगरपालिका २ स्थित कारीगाउँमा गएराति टयाक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन्।डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको टयाक्टर गएराति करिब साढे ११ बजे सडकबाट करिब २०० मिटर तल खसेको हो।​

दुर्घटनास्थल वरीपरि खोजी गर्दा टयाक्टरको अगाडीको भाग पूर्णरुपमा क्षति भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तर, चालक भने फेला नपरेको प्रहरी चौकी बागबजार डडेलधुराले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP