Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वर्गीकरण नभएका जग्गा धितो राख्न नपाउने निर्देशनविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले वर्गीकरण नभएका जग्गा बैंक तथा वित्तीय संस्थामा धितो, बन्धकी राख्न नपाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सरकारले जग्गालाई कृषि र गैरकृषिको रूपमा वर्गीकरण गरेर मात्रै बैंकमा धितो राख्न पाइने र त्यसपछि मात्रै कर्जाको प्रक्रिया सुरु हुने गरी नयाँ भू–उपयोग नीति लागू गरेको छ । तर नियमावली कार्यान्वयनका विरुद्धमा सर्वोच्चमा परेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अहिले नै जग्गाको वर्गीकरण भइनसकेको अवस्थामा जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयन गर्नु नागरिकको मौलिक हक विपरीत हुने भन्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले वर्गीकरण नगरिएको जग्गा धितो बन्धकी राख्न नपाउने निर्णय किन गरियो भन्नेबारेमा १५ दिनभित्र उपस्थित हुन पनि सरकारको नाममा आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले नियमावली लागू गर्दै अब ६ महिनासम्म जग्गा कित्ताकाट गर्दा पालिकाको भू–उपयोग परिषद्ले कृषि र गैरकृषि कुन जग्गा हो, त्यसको किटानसहित सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । ६ महिनापछि भने हरेक पालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गालाई कृषि, गैरकृषि, औद्योगिकलगायत १० प्रकारमा वर्गीकरण गर्नुपर्नेछ ।  

भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आएसँगै जग्गाको कित्ताकाट, दृष्टिबन्धक र रजिस्ट्रेशन लगायतका मुख्य कामहरू प्रभावित भएका छन् । मन्त्रालयले जेठ २७ गते परिपत्र गर्दै भू–उपयोग नियमावली कार्यान्वयनमा आइसकेकोले कित्ताकाटका लागि विगतमा जारी गरिएका सबै परिपत्र खारेज भएको जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP