Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नगरपालिकाका मेयरसहित २१ जनप्रतिनिधिविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

काठमाडौं : रौतहटको फतुवा विजयपुर नगरपालिका प्रमुख गोपाल राय यादवसहित जनप्रतिनिधि र कर्मचारी गरी २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनप्रतिनिधि र तीन जना प्रमुख प्रशासकीय अधिकृतहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

फतुवा विजयपुरका तत्कालीन तथा वर्तमान नगरप्रमुख राययादव, तत्कालीन उपप्रमुख कान्तीदेवी, तत्कालीन वडाध्यक्षहरु वडा नं १ का तत्कालीन वडाध्यक्ष संजय प्रसाद, २ का भविछन राय यादव, ३ का दिपनारायण साह, ९ का दिपनारायण चौधरी १० का योगेन्द्र प्रसाद चौधरीविरुद्ध मुद्दा दायर भएको हो।

वडा नम्बर ५ का तत्कालीन तथा हालका वडाध्यक्ष शेख एजाज अहमद, ६ का हिरा राय यादव, ८ का तत्कालीन वडाध्यक्ष तथा वर्तमान नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार,  ११ का तत्कालीन तथा वर्तमान अध्यक्ष  ज्ञानेन्द्र चौधरीपनि सोही मुद्दाका प्रतिवादी रहेका छन्।

त्यसैगरी नगर कार्यपालिकाका तत्कालीन सदस्यहरु लक्ष्मण साह कानु, सुन्दरी माझी, फुलकुमारी देवी, संजु देवी जयसवाल, शशी कुमार साह, रबिन्द्र कुमार निधि र ७ वडाका वडासदस्य जिरनीदेवी विरुद्ध पनि सोही मुद्दा लागेको अख्तियारले जनाएको छ।

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका स्थित लाल बकैया नदीको ठेक्का फतुवा विजयपुरले आर्थिक वर्ष २०७५/०७६ मा गैरकानूनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएका जनाएको छ।

लालबकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिकाे रोहबरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुङ्गा गिट्टी र बालुवाको ठेक्का गर्ने तथा प्राप्त राजस्व फतुवा विजयपुरलाई ६० प्रतिशत र गुजरा नगरपालिकालाई ४० प्रतिशत बाँडफाँड गर्ने निर्णय भएको थियो।

उनीहरुले २०७५ पुस १५ गते लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको निर्णय कार्यान्वयन नगराएको तथा वोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै संकलन गर्ने कार्य गरेको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार ७५ फागुन १७ गते नगर कार्यपालिकाको बैठकबाट धरौटी फिर्ता गर्ने निर्णय गरेकाले नगरपालिकाको आन्तरिक आयमा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ नोक्सानी भएको हो।

निर्णय गर्ने जनप्रतिनिधिविरुद्ध हानी नोक्सानी भएको रकम बराबर बिगो कायम उनीहरुबाट असुल गर्न माग गरिएको छ।

उनीहरुबाट उठेको रकम फतुवा विजयपुरलाई ६० प्रतिशत र गुजरा नगरपालिकालाई ४० प्रतिशत रकम दिलाइ भराउन समेत मागदाबी लिएको प्रवक्ता भण्डारीले बताए।

यसैगरी फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुङ्गेल र रञ्जना साहको हकमा नगर कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गराउन बेवास्ता गरेको आरोप अख्तियारले लगाएको छ।

उनीहरुले नियमानुसार सम्झौता गर्न नआउने ठेकेदारलाई कारबाहीको प्रक्रिया बढाउन धरौटी जफत नगरेकाले नगरपालिकाको आन्तरिक आयमा हानी नोक्सानी गर्ने मनसायले बदनियत राखेको अख्तियारको निष्कर्ष छ। तीन कर्मचारीहरूमाथि सोही रकम बराबरको बिगो कायम राखी मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP