Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

साथीले मजाकमा गोली चलाउँदा एक युवक गम्भीर घाइते

जनकपुरधाम : सिरहामा आफ्नै साथीले मजाकमा गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका छन्।

लहान नगरपालिका वडा नम्बर २२ स्थित बेल्ही टोलमा स्थानीय रविन चौधरीको घरमा गोली चल्दा सोही ठाउँ बस्ने १८ वर्षीय दिलीप मुखिया गम्भीर घाइते भएका छन्।

आइतबार बिहान करिब पौने ९ बजे चौधरीको घरमा १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलीप मुखिया बसिरहेकोमा ख्यालख्यालमै सुशान्तले गोली चलाउँदा दिलीपलाई लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले बताए। 

दिलीपको पेटभन्दा माथिको भागमा गोली लागेकोले उनको अवस्था गम्भीर रहेको र  उपचारका लागि धरान पठाइएको डीएसपी बुढाथोकीले जानकारी दिए। 

घटनापछि प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएको छ भने उक्त घरबाट नाम नखुलेको पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागाजिन १ थान, गोलीको खोका १ थान बरामद गरेका हुन्।

सुशान्तको घर नजिकको बाँसबारीबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच राउन्ड, गोली फायर भएको बन्दुकमा लाग्ने गोली चार राउन्ड बरामद भएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP